logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सञ्चार मन्त्रालयका सचिव सुवेदीले सम्हाले कार्यभार


अंकुरण खबर
2.99K
Shares

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्यभार सम्हालेका छन्।

प्रदेश २ का प्रमुख सचिवबाट सरुवा भई आएका सचिव सुवेदीले बुधबार बिहान १० बजे सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन्।

त्यस अवसरमा उनले सबै कर्मचारीहरुसँग आवश्यक छलफल गरेरै मन्त्रालयको कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफ्ना लागि विल्कुलै नयाँ मन्त्रालय भएको उल्लेख गर्दै मन्त्रालयका कर्मचारीहरुको निरन्तर साथ र सहयोगको अपेक्षा पनि व्यक्त गरे। सचिव सुवेदीले मन्त्रालय नयाँ भएकाले त्यहाँ कार्यरत कर्मचारीहरु आफ्ना लागि सबै गुरु भएको पनि बताए।

सचिव सुवेदीलाई मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्रसहितका पदाधिकारीहरु तथा सञ्चार मन्त्रालय अन्तरगतका विभिन्न महाशाखा तथा विभागका प्रमुखहरुले पनि स्वागत गरेका थिए । यस अघि सो मन्त्रालयको सचिवको जिम्मेवारी महेन्द्रमान गुरुङले सम्हालेका थिए।