logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालिकोटकी २८ बर्षीया ललिताले जन्माइन् एउटै कलेजो र मुटु भएका जुम्ल्याहा शिशु


अंकुरण खबर
1.625K
Shares

काठमाडौं – सबै आमा बाबुको इच्छा हुन्छ, सकुशल बच्चा जन्माउने । तर कहिलेकाहीँ जोडीको त्यो सपना अधुरो भइदिन्छ । अंग जोडिएका बच्चा, कुनै अंग नै नभएका बच्चा जन्मिन्छन् ।

यही घटनाको घटेको छ कालिकोट रास्कोट नगरपालिकाकी २८ बर्षीया ललिता बुढाका दम्पत्तिमा । जसको गर्भबाट शल्यक्रिया गरी शरीर जोडिएको अवस्थामा दुई छोरी निकालीएको छ ।

सुर्खेत प्रदेश अस्पतालमा जन्मीएका शरीर जोडिएको जुम्ल्याहा शिशुको पेटदेखि छातीसम्मको भाग जोडीएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् । सुत्केरी हुने दिन नजिकिएपछि केही दिन बुढा दम्पत्ती गर्भजाँचका लागि जिल्ला अस्पताल कालिकोट पुगेका बेला भिडियो एक्सरे गर्दा अश्वभाविक अवस्था देखिएपछि उनीहरुलाई सुर्खेत रिफर गरेर बच्चा निकालिएको सुर्खेतका डा. रविन खड्काले जानकारी दिए ।

डा.रविनका अनुसार अहिले शरीर जोडिएका दुई शिशुको तौल करीब ५ केजी छ । ‘हेर्दा दुबै स्वस्थ देखिन्छन् । दुबै रुने कराउने गर्छन, दुबैलाई स्तनपान शुरु भइसकेको छ ।