logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्री पदबाट हटाइए लगत्तै गोकर्ण विष्टले फेसबुकमा यस्तो स्टाट्स लेखे


अंकुरण खबर
2.964K
Shares

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा हुँदा आम जनतामा राम्रो छाप छोड्न सफल भएका गोकर्ण विष्ट मन्त्री पदबाट हटाइएपछि आफूले मन्त्री हुँदा ज्यामी माहुरीले झैं काम गरेको  बताएका छन् ।

मन्त्री पद खोसिए लगत्तै उनले फेसबुकमा यस्तो स्टाट्स लेखे:

‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र बेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरे। अहिले मन्त्रीबाट बाहिरिएको छु,। थप उmर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद ।’