logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ईशान अस्पतालले गरायो अन्तराट्रिय बाल दिवसको अवसरमा उपचाररत बालबालिकाबीच चित्र कोर्ने प्रतिस्पर्धा


अंकुरण खबर
1.599K
Shares

अन्तराट्रिय बाल दिवसको अवसरमा बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले उपचारका लागि भर्ना भएका बालबालिकालाई चित्र कोर्ने प्रतिस्पर्धा गराएको छ ।

अस्पतालका निर्देशक डा.आरपी चौधरीका अनुसार एसआरएल ल्यावसंग सहकार्य गरेर अस्पतालले १५ जना भन्दा बढी बालबालिकालाई चित्र कोर्ने प्रतियोगितामा सहभागी गराएको थियो । अस्पतालमा भर्ना भएका बालबालिकाको सृजनशीलता उजागर गर्न, मनोरञ्जन दिने हेतुले यो प्रतियोगिता गरेको निर्देशक डा.चौधरीले बताए ।

बालबालिकाको हक अधिकार स्थापित गराउनको साथै उनीहरुको चौतर्फी विकासको लागि सहयोग पु¥याउन भन्दै प्रत्येक वर्ष  नोभेम्बर २० तारीकका दिन अन्तराष्ट्रिय बाल दिवस मनाउने गरिन्छ ।