logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवनियुक्त मन्त्रीहरुले लिए शपथ


अंकुरण खबर
988
Shares

काठमाडौं – नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीले ३ राज्य मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

नवनियुक्त मन्त्रीहरुले सिंहदरबारस्थित मन्त्रालयमा आजै पदभार ग्रहण गर्नेछन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।

नवनियुक्त मन्त्रीमा रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास, पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक र बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात रहेका छन् ।

त्यस्तै मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली प्रधानन्याधीश चोलेन्द्र शमसेर राणा लगायत विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो ।