logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण


अंकुरण खबर
3.081K
Shares

काठमाडौं – नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्रीहरुले सरकारको सम्बृद्ध नेपाल सुखी नेपालीको नारालाई पूरा गर्नेगरी काम अघि बढाउने प्रतिबद्धता जनाए ।

पदभार ग्रहण गर्नेमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ रहेका छन् ।

त्यस्तै मोतिलाल दुगडले उद्योग वाणिज्य तथा आपूर्ति, रामवीर मानन्धरले शहरी विकाश र नवराज रावतले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । मन्त्रालय हेरफेर भएका भानुभक्त ढकालले पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।