logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्यो सुनचाँदीको मूल्य


अंकुरण खबर
1.3K
Shares

काठमाडौं – पछिल्ला दिनमा उकालो लाग्दै आएको सुनचाँदीको मूल्य आज घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन १ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेर ७२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन तोलामा ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।