काठमाडौं – सिन्धुलीको मारुती सिमेन्ट कारखानाको स्काभेटरमा अज्ञात समुहले कुकुर बम विस्फोट गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चन्द्रबहादुर सिंहका अनुसार एउटा स्काभेटर पुर्णरुपमा क्षति भएको छ भने एक डोजर र एक टिपरमा क्षति पुगेको छ ।
कच्चा पदार्थ लैजानको लागी स्थानिय एक खोलामा रोकिराखेको स्काभेटरमा बम विस्फोट भएको थियो । उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको सिंहले जानकारी दिए ।
अहिले सम्म कुनै समुहले पनि घटनाको जिम्मा लिएको छैन ।