logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवनियुक्त कृषि मन्त्री भुसाल र निर्वतमान मन्त्री खनालबीच अङ्कमाल


अंकुरण खबर
1.521K
Shares

काठमाडौं – नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाललाई मन्त्रालयमै पुगेर निवर्तमान कृषिमन्त्री चक्रपाणि खनालले अंकमाल गरेर बधाई दिएका छन् ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहणपछि बोल्दै उनले कर्मचारीको सरुवा, बढुवामा हस्तक्षेप नगर्ने बताएका छन् । ‘तपाईहरु तपाईको जिम्मेवारी पूरा गर्नुस्, म मेरो जिम्मेवारी पूरा गर्छु,’ उनले भने ‘सरुवा, बढुवामा राजनीतिक हस्तक्षेप गर्दिन, मलाई त्यो काम घृणा लाग्छ ।’

मन्त्री भुसालले आफूलाई मन पर्ने भएकाले कृषि मन्त्रालय राजेको बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुलुकको सबैभन्दा प्राथमिकता प्राप्त मन्त्रालय हो तपाईले जिम्मेवारी लिइदिनुस् भन्नुभएको थियो’उनले भने ।

मन्त्री भुसालले आफूले विगत लामो समयदेखि बुर्जुवा श्रमबाट माथि उठ्ने विषयमा वकालत गर्दै आएको र अहिले काम गर्ने अवसर आएको बताए ।

पदभार ग्रहण गर्ने दिन पहिलो निर्णयमा हस्ताक्षर गर्ने प्रचलन मन्त्री भुसालले तोडेका छन् ।