logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म लोभ र डरबाट प्रभावित हुन्न : कृषिमन्त्री घनश्याम भुसाल


अंकुरण खबर
1.456K
Shares

काठमाडौं – नवनियुक्त कृषि विकास मन्त्री घनश्याम भुसालले लोभ र डरमा नपरी काम गर्ने बताएका छन् ।

राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिए लगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले मन्त्रालयले गरेका कामको जस र अपजस दुबै आफूले लिने बताएका हुन् ।

उनले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा नगर्ने प्रतिवद्धता जनाउँदै आफुले आफ्नो काम गर्ने र कर्मचारीले आफ्नो काम गर्नुपर्ने पनि बताए ।

मन्त्रीलाई स्वागत गर्दै सचिव डा.युवकध्वज जिसीले मन्त्रीको कार्यकाल सम्झनलायक बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।  मन्त्री भुसाललाई बधाई दिन निवर्तमान कृषिमन्त्री चक्रपाणी खनाल मन्त्रालय पुगेका थिए ।