काठमाडौं – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि ४ दिन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मंसिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मंसिर ८ गते भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशीलताको कारण जनाउँदै साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।
यस अवधिमा आकस्मिक रुपमा नाका खोल्नु परेमा आपसी सहमतिमा खोल्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।