लमही नगरपालिका–६ बेल दमारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ बेलुवाका ५८ वर्षीय बन्धुराम थारु रहेको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ लमहीबाट घोराही जाँदै गरेको रा १ ब ४८७ नम्बरको मोटरसाइकललाई रा १ ख १२७१ नम्बरको टिपरले ठककर दिँदा गम्भीर घाइते भएका थारुको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मृतक दाङस्थित कृषि ज्ञान केन्द्रका कर्मचारी रहेको खुलेको छ । ठक्कर दिने टिपर र चालक फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ ।