logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युवाको उदाहरणीय काम : देउसी खेलेको पैसा कृषि तथा पशुपालनमा लगानी


अंकुरण खबर
1.599K
Shares

ओखलढुङ्गाको चम्पादेवी गाँउपालिका वडा नं ५ पुरानागाँउका युवाहरुले देउसी खेलेर जम्मा गरेको पैसा कृषि तथा पशुपालन व्यावसायमा लगाएर उदाहरणीय काम गर्ने भएका छन् ।

मालिङ्गे जलकन्या युवा कल्वमा आवद्ध युवाहरुले तिहारमा देउसी खेलेर जम्मा गरेको रु. २ लाख ४८ हजार गाँउमै कृषि तथा उन्नत जातको पशुपालनमा लगानी गर्ने भएका हुन ।

बोयर जातको बोका, उन्नत जातको बीर(सुंगुरको भाले)  पाल्ने र एक घर एक टनेला उत्पादन गरी अब छिट्टै पुराना गाँउलाई पशुपालन तथा कृषिमा नमुना गाँउ बनाउने लक्ष्य लिएको क्लबका अध्यक्ष मनोज बुढाथोकीले बताए ।

पुरानो कृषि तथा पशुपालन व्यावसायले परिश्रम बढी आम्दानी कम हुने भएकाले अब परिश्रम कम आम्दानी बढी गर्ने र कृषि तथा पशुपालनमा आश्रित किसानको जीवनस्तर उकास्न आफुहरुको कामले सहयोग पुग्ने विश्वास रहेको अध्यक्ष बुढाथोकीको भनाई छ ।

उनले यो अभियानमा वडा,गाउँपालिका कार्यालय,जिल्ला कृषि तथा पशुपन्छी विकास कार्यालय लगाएत सरोकारवाला सबैलाई साथ र सहयोग गर्न आग्रह गरेका छन् ।