logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई केजी गाँजा सहित एक पक्राउ


अंकुरण खबर
884
Shares

धादिङमा अवैध लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिद्धलेख गाउँपालिका–३ बस्ने दिपक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बेनिघाट रोराङ गाउँपालिका–४ लेडे खोलामा प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई अवैध लागूऔषध गाँजा करिब २ केजी सहित बिहीबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।