काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका लागि योजनाबद्धरूपमा अघि बढ्ने बताएका छन् ।
मन्त्री भट्टले आज पत्रकारहरुसँग कुराकानी गर्दै प्रस्तावित औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयन तहमा लैजानका लागि ठोस योजनाका साथ अघि बढ्ने बताए ।
नवनियुक्त मन्त्री भट्टले आफू उद्योग व्यवसायमा विद्यमान उद्योगी र श्रमिकबीच देखिने समस्या पनि समाधान गर्न पहल गर्ने बताए ।