logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओरालो लाग्यो सुनको मूल्य


अंकुरण खबर
1.235K
Shares

काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेर ७१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहँदै प्रतितोला ८ सय ६० रुपैयाँमै कारोबार भइरहेको छ ।