logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नव नियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको यस्तो निर्देशन


अंकुरण खबर
780
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनभावनाअनुसार काम गर्न निर्देशन दिएका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई सिंहदरबारमा स्वागत गर्दै ओलीले गएको चौमासिकमा सरकारले अपेक्षा अनुरुप काम गर्न नसकेको स्वीकार गर्दै चार महिना भित्र काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन्।

उनले भने, ‘काठमाडौंको बाटोमा खाल्डो छ भनेर गीत सुनिन्छ । सारंगी बज्छ । तर काम भएको छैन । अबको चौमासिक भित्र सबै खाल्डो पुरिनुपर्छ । एउटा मन्त्रालयले बनाउने अर्कोले भत्काउने गर्नु भएन । सबैले समवन्य गरेर काम गर्नुपर्यो।

ओलीले सडकमा धुलो उडेको स्वीकार्दै भने, ‘निर्माण कार्य हुने स्थानमा धुलो छ । तर, निर्माण कार्य नभएको स्थानमा कसरी धुलो उडिरहेको छ ? गएको चार महिनामा हामीले ५० प्रतिशत काम पनि गर्न सकेनौं । अब चार महिनामा त्यो भन्दा धेरै काम गर्नुपर्छ ।’उनले मन्त्रीलाई पैसा कमाउने धन्दामा बद्नामी नकमाउन निर्देशन दिए ।