logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कार्यलयभित्रै सेवाग्राहीसँग घुस लिँदा अख्तियारको फन्दामा


अंकुरण खबर
728
Shares

काठमाडौ – मालपोत कार्यालयका एक कर्मचारी घुुससहित पक्राउ परेका छन् । जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल सेवाग्राहीबाट ५ लाख घुस लिँदालिँदै शुक्रबार विहान कार्यालयबाटै पक्राउ गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले बताए ।

सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए । त्यससम्बन्धी कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको अख्तियारमा उजुरी परेको थियो ।