logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चोरी गरेर भाग्दै गरेको अवस्थामा एक पक्राउ


अंकुरण खबर
1.573K
Shares

मोरङको सुन्दर–हरैचा नगरपालिका–९ बुधबारेमा चोरी गरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको नैकाप घर भएका २६ वर्षीय आशीष मगर रहेको प्रहरीले जनाएको छ । स्थानीय राजकुमार बोहोराको घरमा कोही नभएको अवस्थामा चोरी गरी भाग्दै गर्दा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।

प्रहरीका अनुसार उनको साथबाट ल्यापटप १ थान, पेन ड्राईभ १ थानलगायत अन्य किराना सामान सहित ४ हजार ५ सय रुपैयाँ नगद बरामद गरेको थियो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।