logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले अख्तियारलाई शाही आयोग बनाउन खोज्यो : देउवा


अंकुरण खबर
1.092K
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमाथि अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार पोखरामा आयोजित कार्यक्रममा देउवाले सरकारको चर्को आलोचना गरेका हुन् । संवैधानिक परिषद् कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको भन्दै उनले अख्तियारलाई शाही आयोग बनाएको र स्वतन्त्र न्यायालय भयो भने सरकारले गलत गरेपनि ठीक गर्न सकिने उनको तर्क छ ।

तर नेपाल बार एशोसिएसनको चुनाव आफ्नै कारण हारेको भन्दै उनले असन्तुष्टि जनाए । बारमा जितेको भए न्याय परिषद्मा प्रतिनिधित्व हुने र सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा लड्ने ठाउँ हुने भन्दै उनले भने, त्यो सम्भावना गयो ।’अब सरकारका गलतका कामका विरुद्ध सडक र सदनमा लड्ने देउवाले बताए ।

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्परारवादमा परिणत भएको समेत बताएका छन् ।