logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखराको विकास र समृद्धिको खाका तयार छ : विद्या भट्टराई


अंकुरण खबर
754
Shares

कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार विद्या भट्टराईले आफूले पर्यटकीय नगरी पोखराको विकास र समृद्धिको खाका तयार गरेको बताएका छन ।

पोखरा महानगरपालिकाको दक्षिण भेग वडा नं २१ मा आज आयोजित चुनावी घरदैलो कार्यक्रममा उनले अबको तीन वर्षको अवधिमा बाँकी योजना सफल बनाएरै छाड्ने बताएकी हुन् ।

निर्मलपोखरीको दम्सादीबाट ८७ वर्षीया जसोदा आचार्य र ९२ वर्षीय खेमराज आचार्यबाट आशीर्वाद लिँदै शुभारम्भ भएको घरदैलो कार्यक्रम फेदीपाटन, अम्बोट हुँदै दबारमा पुगेर चुनावीसभामा परिणत भएको थियो ।