logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पत्रकार गुरुवाचार्यको निधन


अंकुरण खबर
845
Shares

काठमडौं – अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको आज बिहान निधन भएको छ ।

लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको आज थापाथलीस्थित आफ्नै निवासमा निधन भएको हो ।

संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको अन्तरराष्ट्रिय समाचार समिति एशोसिएटेड प्रेस एपीको काठमाडौं स्थित प्रतिनिधिका रूपमा ३८ वर्ष सेवा पुर्याएका गुरुवाचार्यले नेपाल वातावरण पत्रकार समूहमा रहेर पनि काम गरेका थिए ।

उनको शनिबार अन्त्येष्टि हुने परिवार स्रोतले जनाएको छ । स्व. गुरुवाचार्यका श्रीमती, छोरा पत्रकार विनाज र एक छोरी छन् ।