logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चेल्सीमाथि महत्वपूर्ण जित निकाल्दै सिटी तेस्रो स्थानमा


अंकुरण खबर
3.081K
Shares

चेल्सीलाई २–१ ले पराजित गर्दै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले आफ्नै मैदानमा चेल्सीलाई हराएको हो ।

खेलमा तीनै गोल पहिलो हाफमा भएको थियो । चेल्सीका लागि खेलको २१ औं मिनेटमा नै एन’गोलो कान्टेले गोल गर्दै अग्रता दिलाएपनि त्यसलाई जोगाउन सकेन ।

खेलको २९ औँ मिनेटमा केविन डी ब्राउन तथा ३७ औं मिनेटमा रियाद माहरेजले गोल गर्दैै म्यानचेस्टर सिटीलाई २–१ को अग्रता दिलाए । दोस्रो हाफमा कुनै टिमले गोल गर्न सकेनन् ।

जितपछि तेस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटीको १३ खेलबाट २८ अंक भएको छ भने चौथो स्थानमा झरेको चेल्सीको २६ अंक छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा ९ तथा दोस्रो स्थानको लेस्टर सिटी भन्दा एक अंकले पछि रहेको छ ।

लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा वुल्भ्सले बोर्नमाउथलाई २–१ तथा बर्नलीले वाट्फोर्डलाई ३–० ले पराजित गरेको छ भने आर्सनलले साउथह्याम्पटनसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको छ ।