logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः मौसम कस्तो रहला दिनभर ?


अंकुरण खबर
1.183K
Shares

काठमाडौं –  काठमाडौं उपत्यका लगायत देशभर नै चिसो अचानक बढेको छ । हाल मौसम बदली भई देशका अधिकांश क्षेत्रमा आंशिक तथा सामान्य बदली भएको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यसकै प्रभावका कारण आइतबार देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

राति देशका मध्य र पूर्वका क्षेत्रमा सामान्य बदली हुनेछ भने पश्चिमी भू–भागमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पूर्व र मध्य पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने जनाइएको छ ।