logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवन मेडिकल कलेजभित्र भेटियो पेस्तोल


अंकुरण खबर
1.573K
Shares

सरकारले तोकेभन्दा बढी शुक उठाउने कलेजविरुद्ध विद्यार्थी आन्दोलन चलिरहेका बेला चितवन मेडिकल कलेजमा पेस्तोल भेटिएको छ ।

न्यायको आवाज दबाउन अनेक उपाय लगाएको कलेजले प्रहरीसँग मिलेर पेस्तोल राखेको विद्यार्थीको आशंका छ ।

प्रमुख जिल्ला अधिकारीको रोहबरमा ४ असोजमा बसेको सर्वपक्षीय बैंठकमा कलेजले १८ कात्तिकभित्र रकम फिर्ता गर्ने सहमति गरेपनि कार्यान्वयन नगरेपछि विद्यार्थीले आइतबार विरोध र्‍याली निकाल्ने तयारी गरेका थिए ।

मूल मुद्दा विकेन्द्रित गर्दै आन्दोलन दबाउने र आफूहरुलाई फसाउने मनसायले गम्भीर षड्यन्त्रमा पेस्तोल राखिएको उनीहरुको भनाइ छ ।