logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाबौद्ध गुम्बाको सुनको मुर्ति चोरी


अंकुरण खबर
1.313K
Shares

भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ ।

सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिए । गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताए ।

गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन । उनले दानपेटिकामा लाखौँ रुपैयाँ रहेको बताए। बिहान ४:०० बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले मुचुल्का उठाउनाका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।