logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्यूरोडबाट सात जुवाडे पक्राउ, ६ लाख ५० हजार बरामद


अंकुरण खबर
819
Shares

काठमाडौं – प्रहरीले काठमाडौंको न्यूरोडबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार राति न्युरोडको रंजना गल्लिको एउट घरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहीरीले उनीहरुको साथबाट ६ लाख ५० हजार रुपैंया नगद बरामद गरेको जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौंका प्रदीप श्रेष्ठ, रमेश थापा, रबिन तामाङ्ग, सरुन तामाङ्ग, सुशीला श्रेष्ठ रहेका छन्।

त्यस्तै, काभ्रेका चन्द्र लामा र ओखलढुङ्गाका कुमार केसी पनि पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।

केही समयदेखि त्यहाँ चन्द्र लामाले जुवाको अड्डा सञ्चालन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।