अस्ट्रेलियामा श्रीमान श्रीमतीबीच भएको झगडामा श्रीमानको मृत्यु भएको छ । सिड्नीको ग्रान्भिलमा शनिबार राति श्रीमान श्रीमतीबीच कुटाकुट हुँदा श्रीमतीले धारिलो हतियार प्रहार गर्दा श्रीमानको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३४ बर्षका बुटवल निवासी सन्तोष गौतम रहेको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरेका छन् ।
टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका सन्तोषलाई राति अबेर पारामेडिक्सले अस्पताल पुर्याए पनि उनको मृत्यु भएको अष्ट्रेलियाको प्रहरीले जनाएको छ ।
घाइते युवतीको अवस्था सामान्य छ । उनलाई हत्या आरोपमा अष्ट्रेलियाली प्रहरीले नियन्त्रणमा लिएको छ । हाल उनी प्रहरी हिरासतमा रहेकी छिन् ।