logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कारको भिडियो सामाजिक सञ्जालमा राख्ने युवा पक्राउ


अंकुरण खबर
3.588K
Shares

बुटवल, बलात्कारको भिडियो सामाजिक सञ्जालमा राख्ने युवालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।

२०७३ साल माघ १६ गते पाँच जनाको समूहले मायादेवी गाउँपालिलका–१ पकडीको सिसौबारीमा स्थानीय एक युवतीमाथि सामूहिक बलात्कार गरेको थियो ।

प्रहरीका अनुसार बलात्कार गर्ने युवाहरुले नै उक्त भिडियो सामाजिक सञ्जालमा राखेका थिए । सोही घटनाका मुख्य अभियुक्त मायादेवी गाउँपालिका– १ का २१ वर्षीय कलामुद्दिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।

फरार कलामुद्दिन मुसलमानलाई लुकीछुपी घर आएको बेलामा विशेष सुराकीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा मायादेवी गाउँपालिका– १ का २६ वर्षीय राहत हुसेन र २० वर्षीय बब्लु भन्ने अब्दुल रसिद मुसलमान यसअघि नै पक्राउ परेका थिए ।

बाँकी दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।