logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बर्दियामा चन्द समूहका दुई कार्यकर्ता पक्राउ


अंकुरण खबर
1.248K
Shares

नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई  कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका-४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र  कार्यकर्ता २७ वर्षीय सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका-३ भगराचोकमा प्रचार सामग्री टाँस्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मोतीपुरको प्रहरी गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको छ ।