logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ नक्साको विरोधमा विप्लव निकट विद्यार्थीको बुटवलमा प्रदर्शन


अंकुरण खबर
3.107K
Shares

भारतले जारी गरेको नयाँ नक्साको विरोधमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीले बुटवलमा आइतबार वृहत प्रदर्शन गरेको छ ।

बुटवलका आधा दर्जन ठूला क्याम्पसका विद्यार्थीहरुले प्रहरीको अवरोधको बावजुद पनि प्रदर्शन गरेका हुन् । प्रहरीले रोक्न खोजेपनि ठूलो संख्यामा रहेका विद्यार्थीले प्रहरीको अवरोधलाई छिचोल्दै विरोध प्रदर्शन गरे ।

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो’, ‘भारतीय सेना नेपाल छोड’ लगायतका नारा लगाउँदै विद्यार्थीले बिरोध जुलुस निकालेका थिए । अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा बिरोध जुलुस निकालिएको हो ।

बुटवलका बिभिन्न कलेजका विद्यार्थीले कालिकानगर, देवीनगर, मिलनचोक, नयाँ बसपार्क लगायतबाट जुलुस निकालेका थिए । विरोध जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेर विनोद विश्कर्मा र शिशिर नेपालीलाई नियन्त्रणमा लिएको थियो । तर उनीहरुलाई केहीबेर सोधपुछ गरेर छाडिएको छ ।