चितवनको भरतपुरमा मेडिकल कलेजहरुविरुद्ध विद्यार्थी, अभिभावक र नागरिक समाजले प्रदर्शन गरेका छन् ।
चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीहरुबाट अवैध रुपमा बढी शुल्क लिएको विरोधमा आन्दोलित हुँदै आएका विद्यार्थीहरुको अगुवाइमा चौविसकोठीबाट सुरु भएको विरोध र्याली नारायणगढ बजार परिक्रमपछि चौविसकोठीमै पुगेर कोणसभामा परिणत भएको थियो ।
सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै तीन महिना यता विद्यार्थीहरु मेडिकल कलेजहरु विरुद्ध आन्दोलित हुँदै आएका छन् ।
मेडिकल कलेजहरुले बढी शुल्क लिएको स्वीकार गर्दा समेत सरकारले कारबाही नगरेको र पूर्व सहमति अनुसार बढी शुल्क फिर्ता र शुल्क समायोजन नगरेको उनीहरुले बताएका छन् ।