logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा वडा अध्यक्षको घरमा बम विस्फोट


अंकुरण खबर
1.079K
Shares

पोखरा महानगरपालिकाको वडा नम्बर ३३ का वडाध्यक्ष शिव  आचार्यको घरमा बम विस्फोट भएको छ । आज बिहान पौने ३ बजेतिर अज्ञात समूहले बम बिस्फोट गराएको हो ।

कास्कीमा उपनिर्वाचनको पूर्वसन्ध्यामा बम विस्फोटको घटना भएको छ । विस्फोटबाट वडाध्यक्षको गाडी क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिका( १७ बिरौटास्थित आचार्यको घरको कम्पाउन्डमा पार्किङ गरेर राखिएको ग २ च ४२६ नम्बरको हाइलक्स गाडी बमले क्षतीग्रस्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।