logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिवंगत पितृको सम्झनामा शतबीज छरेर मनाइयो बालाचतुर्दशी


अंकुरण खबर
1.352K
Shares

काठमाडौं – आज मंसिर कृष्ण चतुर्दशी अर्थात शतबीज छर्ने दिन हो । बालाचतुर्दशी पनि भनिने आजको दिन मृतकका आफन्तहरूले शिवालयहरुमा शतबीज छर्ने गर्ने प्रचलन रहेको छ ।

शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको ठूलो भीडसमेत लागेको छ । शतबीज छरेर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउछन् ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

यसअघि, मंसिर कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयहरूमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरेका थिए । त्रयोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ ।