logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु


अंकुरण खबर
3.237K
Shares

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।

नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । यो वर्ष ’समानताको पुस्ता बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको अभियान देशभर नै सञ्चालन गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्बन्धित आग्रह गरेको छ ।

महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न यो अभियान आयोजना हुने गरेको छ ।

हरेक वर्ष अभियान गरिए पनि अझै पनि बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथा समाजमा रहेकाले महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य हुने गरेका छन् । दिवसको अवसरमा राष्ट्रिय सभागृहमा सरकारले आज गर्ने भनेको विषेश कार्यक्रम आउने २२ गते हुने भएको छ ।