काठमाडौं – काभ्रेको बतासे डाँडामा जुवा खेलिरहेका २२ जना पक्राउ परेका छन् ।
धुलिखेल नगरपालिकाको बतासे डाँडाबाट आइतबार राति उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट साढे ६ लाख रुपैयाँ पनि बरामद भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
पक्राउ परेकाको नाम र थप जानकारी केहीबेरमा सार्वजनिक गरिने पनि प्रहरीले जनाएको छ ।