काठमाडौं – रसुवागढी नाकाबाट २ महिला पक्राउ परेका छन् । उनीहरुलाई करिब १ केजी सुनसहित प्रहरीले पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार बिहान रसुवागढी नाकाबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गर्ने तयारी भईरहेको छ ।
उनीहरूले पटुकामा बाँधेर सुन भित्र्याएका थिए ।