logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिचन्द्र क्याम्पसका प्रमुखमाथि विद्यार्थीद्वारा हातपात


अंकुरण खबर
1.443K
Shares

काठमाडौं – काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि विद्यार्थीहरुले हातपात गरेका छन् ।

विज्ञान संकायमा बृद्धि गरिएको शुल्क फिर्ता नगरेको भन्दै विद्यार्थी संगठनका कार्यकर्ताहरुले आज न्यौपानेमाथि हातपात गरेका हुन् । कार्यकक्षबाट बाहिरिन लागेको अवस्थामा अनेरास्ववियु र नेवि संघका कार्यकर्ताहरुले न्यौपानेमाथि हातपात गरेका जनाइएको छ ।

विद्यार्थीको आक्रमणमा परेका न्यौपानेलाई प्रहरीले उद्दार गरेर उपचारका लागि वीर अस्पताल लगेको छ ।

न्यौपानेमाथि आक्रमण गर्ने २ जना विद्यार्थीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिइएको जनाइएको छ ।