logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घुस रकमसहित नापीका कर्मचारी पक्राउ


अंकुरण खबर
754
Shares

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नापी कार्यालय, साँखुमा कार्यरत अमिनसहित दुईजनालाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले उक्त कार्यालयमा कार्यरत अमिन सुशील बुढाथोकी र सेवाग्राही ज्ञानबहादुर कार्कीलाई घुस रकमसहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट जग्गाको ट्रेस नक्सा बनाई दिएबापत ४ हजार लिएको अवस्थामा दुवैलाई कार्यालय अगाडिको गल्लीमा रहेको पसलबाट आइतबार पक्राउ गरेको अख्तितयारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।