logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मौसमः देशभर बदली, वर्षा तथा हिमपातको सम्भावना कुन – कुन क्षेत्रमा?


अंकुरण खबर
1.131K
Shares

काठमाडौं –  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश क्षेत्रको मौसम प्रभावित भएको छ । हाल देशभरका अधिकांश क्षेत्रका आंशिकदेखि सामान्य बदली भएको छ ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । सुदूर–पश्चिमको पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । राति पनि हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने जनाइएको छ ।