काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सागलाई लक्षित गर्दै आज विशेष सम्बोधन गर्दै छन् ।
सागमा सहभागी हुने खेलाडीलाई लक्षित गरेर प्रधानमन्त्रीले आज बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा विशेष सम्बोधन गर्न लागेका हुन् ।
सम्बोधनमा प्रधानमन्त्रीले सागमा विजयी बन्ने खेलाडीलाई विशेष प्याकेज घोषणा गर्न सक्ने बताईएको छ । सोही कारण राष्ट्रिय खेलकुद परिषद् राखेपले सागको संघारमा प्रधानमन्त्रीको सम्बोधन कार्यक्रम राखेको हो ।
१५ मंसिरबाट काठमाडौं, पोखरा र जनकपुरमा १३ औं साग प्रतियोगिता हुँदैछ । सम्बोधन लगत्तै प्रधानमन्त्री ओलीले निर्माणाधिन दशरथ रंगशालाको समेत निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।