धान काट्न गएकी एक वृद्धा तमोर नदीले बगाएर बेपत्ता भएकी छन् ।
बेपत्ता हुनेमा पाथीभरा याङवरक गाउँपालिका–१ की ६० वर्षीया संगिता सुनुवार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार अपरान्ह पौने ५ बजेतिर तमोर नदी किनारामा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवार नदीमा गई पानी भर्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकी हुन् ।
नदीले बगाएर बेपत्ता भएकी सुनुवारको प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।