logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल र चीनका अधिकारीबिच काठमाडौँ–केरुङ रेल मार्गबारे आज वार्ता हुँदै


अंकुरण खबर
1.105K
Shares

अन्तरदेशीय रेलसेवा निर्माण सम्बन्धी नेपाल–चीन वार्ता आज काठमाडौंमा हुँदैछ ।

नेपाल र चीनका अधिकारी अन्तरदेशीय रेलसेवा निर्माण सम्बन्धी छलफलका लागि पाँचौँपटक वार्तामा बस्न लागेका हुन् । वार्ता काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन प्रक्रियाअघि बढाउने विषयमा केन्द्रित हुनेछ ।

वार्ताका लागि चीनको नेशनल रेलवे अथोरिटीका डेपुटी एडमिनिस्ट्रेटरको नेतृत्वमा २३ सदस्यीय टोली हिजै नेपाल आएको छ । नेपाली पक्षको टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवले गर्नेछन् । वार्ता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हुनेछ ।

वार्ताले काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आवश्यक प्रक्रियाको टुंगो लाउने जनाइएको छ ।