logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकलको ठक्करबाट युवक घाइते


अंकुरण खबर
1.131K
Shares

भक्तपुर मध्यपुर थिमि नगरपालिका–४ स्थित एसओएस चोकमा मोटरसाइकलको ठक्करबाट एक युवक घाइते भएका छन् ।

घाइते हुनेमा मध्यपुर थिमि नगरपालिका–९ राधेराधेका १७ वर्षीय पैदलयात्री विकल्प राजवस्ती रहेको प्रहरीले जनाएको छ ।

पैदल हिडीरहेका उनलाई आज बिहान सवा ६ बजे बा ४४ प ७७६८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी वृत ठिमीले नियन्त्रणमा लिएको छ ।