logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य आज फेरी ओरालो लाग्यो


अंकुरण खबर
1.079K
Shares

काठमाडौं – साताको तेस्रो दिन आज सुनचाँदीको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य मंगलबार फेरी घटेको हो ।

मंगलबार छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन तोलामा  ७१ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।