logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगन्जमा नगदसहित २ जुवाडे पक्राउ


अंकुरण खबर
611
Shares

पर्सा प्रहरीले १ लाख ३७ हजार रुपैयाँसहित २ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पर्साको बहादुरमाई नगरपालिका–४ स्थित पोखरीको डिलमा केही व्यक्ति जुवा खेल्मा संलग्न रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले २ जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको बहादुरमाई–९ का ५० वर्षीय बेराहिम मियाँ र वीरगन्ज महानगरपालिका–२६ का ३६ वर्षीय लालबाबु पटेल छन् ।

प्रहरीले उनीहरुको साथबाट ९१ हजार ८ सय ९० नेपाली रुपैयाँ र २८ हजार २ सय भारतीय रुपैयाँ गरी १ लाख ३७ हजार १० रुपैयाँ बरामद गरेको छ ।

उनीहरुको साथबाट ३ सेट तास र १६ थान कौडा समेत बरामद गरिएको जनाएको छ ।