logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

प्रदेश ३ को नाम र स्थायी राजधानी केही दिनमा नै टुंगो लगाउन नेकपा अध्यक्ष प्रचण्डको आग्रह


अंकुरण खबर
1.053K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ३ को नाम र स्थायी राजधानी केही दिनमा नै टुंगो लगाउन आग्रह गरेका छन् ।

आज हेटौंडामा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु र नेकपाका नेताहरुसँग कुरा गर्दै उनले अब प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुंग्याउन आग्रह गरेका हुन् ।

प्रदेशसभा र सरकारले छिट्टै टुंग्याउँछ भन्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए । दाहालले अब नेपालमा तीव्र गतिमा विकास हुने बताए ।

‘अब नेपालमा तीव्र गतिमा विकास हुन्छ । भारत र चीनबीचमा भएकाले हामी हरेक हिसाबले फाइदामा छौं’, उनले भने । सरकार र नेकपाप्रति आस्था, विश्वास र भरोसा रहेको पनि उनको भनाइ छ ।