logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट साग भलिबल सुरु, नेपालको पुरुष र महिला टिमले बंगलादेशविरुद खेल्दै


अंकुरण खबर
1.534K
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भलिबलका खेल आज बुधबारबाट सुरु हुँदैछ ।

औपचारिक उद्घाटन अगाडि नै महिला र पुरुष भलिबल आज सुरु हुन लागेको हो । नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन् ।

उद्घाटन खेलमा महिला भलिबल टिमले बंगलादेशसँग दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछ । यस्तै आजै पुरुष टिमले समेत बंगलादेशसँग साँझ ७ बजे प्रतिस्पर्धा गर्दैछ ।

सागको महिला भलिबलको सूमह ए मा नेपालसहित भारत र बंगलादेश छन् । पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ । भारत पुरुष भलिबलको समेत बलियो टिम हो ।

अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न पुरुष टिमलाई जित निकाल्न आवश्यक छ ।