logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वराजा शाहद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना


अंकुरण खबर
1.898K
Shares

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले टिचिङ अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

पूर्वराजा शाहले त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरेर आइसीयूमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

पूर्वराजा शाहको स्वास्थ्य लाभको कामनाको सन्देश लिएर उनका निजी सचिव पशुपति भक्त महर्जन मंगलबार मनमोहन सेन्टरमै पुगेका थिए ।