बर्दिबास नगरपालिका–३ पाटुमा आज बिहान ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको इश्वरपुर नगरपालिका–७ का ३० वर्षीय दिनेश सिंह दनुवार रहेको प्रहरीले जनाएको छ ।
सिन्धुलीबाट बर्दिबास बजारतर्फ जाँदै गरेको ना २ त ८९३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज बिहान सवा ६ बजे पल्टिँदा उनको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।
उनको बर्दिबास स्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।